काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा आबद्ध नेता कार्यकर्ताहरुले दरबारमार्गमा ग्याङ् बनाएर गुण्डागर्दी गरेका छन् । दरबारमार्गको लिक्विड लाउञ्ज बारमा बाट घर फर्किन लागेका बैतडीका रमेश भट्टमाथि उनीहरुले निर्घात कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न हुनेहरुमा नेपाल तरुण दलका केन्द्रीय सदस्य कूलध्वज लामा, काभ्रेका जिल्ला अध्यक्ष सुजन लामा काभ्रे भुल्लुका लालबहादुर तामाङ, काभ्रेकै मिलन लामा, सुलभ पहरी, युवराज लामा छन् ।
यस्तै, मोरङको उर्लाबारीका डम्बरबहादुर कार्की, सिन्धुपाल्चोकका दावा तामाङ र काभ्रेका शक्ति लामालाई परिसरको विशेष टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको खुलेको छ । उनीहरुले बिभिन्न समयमा राजनितीक आडमा मान्छेलाई धम्काउने र डर त्रास सिर्जना गर्ने गरेको तथ्य पनि खुलेको छ । पक्राउ परेकाविरुद्ध काठमाडौं प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएर अनुसन्धान थालेको छ ।