काठमाडौं । ‘हनी ट्रयाप’ मुद्दाका संलग्न प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । लामो समय फरार रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी भएकी थिइन ।
शाहीले ललितपुरको भैँसेपाटी प्रहरी प्रभागको प्रमुख रहँदा एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुली गरेको आरोप थियो । प्रहरीको अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता देखिएपछि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । उनीहरूले एक व्यवसायीलाई सहमतिको सम्बन्धलाई बलात्कारमा फसाउने भन्दै लाखौं रकम असुल गरेका अभियोग लागेको छ ।