बुटबल । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले मङ्गलबार बुटबलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने कुरामा जोड दिएकी छिन् ।
कांग्रेसले सञ्चालन गरेको सय दिने अभियानको क्रममा जनतासम्म पुग्दा जनताले अझै पनि विकासको अनुभूति नगरेको आफूहरुले पाएको नेत्री सङ्ग्रौलाले बताइन् । उनले समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा आफू विश्वस्त रहेको बताउद क्रियाशील वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी पनि सुरु भएको जानकारी गराइन ।
कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै नेत्री संग्रौलाले भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने बताइन् । उनले संविधान संशोधनकै लागि कांग्रेस एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेको उल्लेख गरिन ।