काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन झण्डै २९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि १४ दशमलव ११ अंकले उकालो लागेर २६ सय २६ दशमलव ३१ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५८ अंकले उकालो लागेर चार सय ४९ दशमलव १५ अंकमा चढेको छ ।
धितोपत्र बजारमा तीन सय १२ वटा कम्पनीहरुको ६४ हजार नौं सय १७ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक र व्यापार उपसमुहको सुचक ओरालो लागेकाछन् भने बाँँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।