काठमाडौं । क्रिसमसको सिजनमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सरप्राइजको अनुभव प्रदान गरिरहेको छ । सोमबारदेखि नै कम्पनीले काठमाडौं उपत्यकाका केही भाटभटेनीहरूमा ग्राहकहरूले सान्ता क्लजलाई भेट्ने, सरप्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाइरहेका छन् । ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सोमबारदेखि सुरु भएको अभियान बुधबार सकिनेछ । यसमा सहभागीहरूले सान्ता क्लजलाई भेट्ने अवसरहरू र विशेष सरप्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् । यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस फिचर्सहरू आफैँ अनुभव गर्न सक्ने जनाइएको छ ।