ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनामाथि चार खर्ब २६ अर्ब हिनामिना गरेको आरोप लागेको छ । मोहम्मद युनुसको सरकारले उनीमाथि लगातार नयाँ आरोप लगाउँदै आएको छ ।
बंगलादेशको भ्रष्टाचारविरोधी आयोग (एसीसी)ले हसिना र उनको परिवारविरुद्ध चार खर्ब २६ हजार (पाँच अर्ब डलर) हिनामिना गरेको आरोपमा अनुसन्धान सुरु गरेको हो ।
हसिनामाथि राजधानी ढाकाबाट एक सय ६० किलोमिटर टाढा रुपपुरमा रुसी डिजाइन गरिएको आणविक ऊर्जा केन्द्रमा हिनामिना गरेको आरोप छ । सो प्लान्टको निर्माण रुसको सरकारी कम्पनी रोजाटमले गरिरहेको छ ।
यस मुद्दामा शेख हसिनासहित उनका छोरा सजीव वाजेद जोय, बहिनी रेहाना र भतिजी ट्यूलिप सिद्धिकलाई आरोपी बनाइएको छ । उनले हिनामिना गरेको रकम मलेसियाको बैंकमा लुकाइएको आरोप छ ।