काठमाडौं । नेपाल एसबीआई बैंकले आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा २ मा पर्ने सुर्खेत रोड रहेको लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका ८, नारायणपथ, भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको हो ।
उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीे, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थितिमा गरेका थिए ।
बैंकले हाल एक सय वटा शाखा, २२ एक्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात वटा प्रादेशिक कार्यालय, एउटा कर्पोरेट अफिस, एक सय २२ वटा एटीएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।