काठमाडौं । रुट्स फेसन प्रालिले वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) घोषणा गरेको छ । कम्पनीले यस अफरअन्तर्गत १२ हजार नौ सय ९० रूपैयाँसम्मका जुत्तामा तीन हजार छुट, १२ हजार नौ सय ९० रूपैयाँदेखि २२ हजार नौ सय ९० रूपैयाँसम्म पर्ने जुत्तामा चार हजार पाँच सय रूपैयाँ छुट र २२ हजार नौ सय ९० रूपैयाँभन्दामाथिको जुत्तामा सात हजार पाँच सय रूपैयाँ छुट दिने घोषणा गरेको छ ।
यो योजनाअन्तर्गत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रूममा यो अफर लागू हुने पनि रुट्स फेसन प्रालिले जनाएको छ । जुनसुकै ब्रान्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ । यसरी संकलन भएको पुराना जुत्ता तथा नगद तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्बर २५ देखि २०२५ जनवरी २४सम्म सञ्चालन हुनेछ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै अघि बढ्ने गरेको छ । कम्पनीले दरबारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट सञ्चालन गर्दै आएको छ ।