काठमाडौं । उद्यमी घरमा बृहत् प्रर्दशनी तथा व्यापार मेला २०८१ हुने भएको छ । उद्यमी घरका सञ्चालक दिपक कार्कीका अनुसार ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोमा रहेको उद्यमी घरमा यही पुस १३ गतेदेखि २२ गतेसम्म व्यापार मेला २०८१ हुन लागेको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा हुने यो मेलामा देशैभरका नेपाली उद्यम र उत्पादनको बृहत् प्रदर्शनी हुने सञ्चालक कार्कीले जानकारी दिए । नेपाली कला, संस्कृति र सीपको जर्गेना गर्दै उद्यमशीलता र रोजगारीको विकास गरी नेपालका विभिन्न जिल्लाका घरेलु उत्पादनहरू, स्थानीय कृषि तथा खाद्यान्न, गाँजा, सिस्नो, ढाका, सुती, खादी, खद्धरका तयारी कपडाहरू, जुत्ता, चप्पल, व्याग, गलैँचा, राडीपाखी, उलनबाट बनेको सामग्री, मायाको चिनो, परम्परागत मौलिक परिकारहरू आदिको बृहत् प्रदर्शनी हुने सञ्चालक कार्कीले बताए ।