काठमाडौं । सामसङ नेपालले आफ्नो विश्वव्यापी सीएसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत नेपाली युवाहरूलाई सशक्तीकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ । सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरुलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेडर फर टुमरो! इन्एबलिंग पिपल’ को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ । लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो ।
प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक संट–स्किलहरूलाई पनि जोड दिन्छ । यस इनिसिएतिभको एक अद्वितीय पक्ष यसको प्र्यक्तिकल एप्लीकेसन खण्ड हो, जहाँ विद्यार्थीहरूले उनीहरूले सिकेका प्रविधिहरू प्रयोग गरेर वास्तविक–विश्व मुद्दाहरूलाई सम्बोधन गर्छन् ।
आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ ।