काठमाडौं, असार ३१
सेयर बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुधारोन्मुुख दिशामा देखिएको छ । यसदिन बजार परिसूचक पाँच दशमलव चार अंकले उकालो लागेर १३ सय ४७ दशमलव ४४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९५ अंकले उकालो लागेर दुई सय ८४ दशमलव १८ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८६ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १४ हजार चार सय ८९ वटा कारोबारमा २५ लाख ६८ हजार एक सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९९ करोड ४५ लाख ४५ हजार एक सय नौ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार पाँच वटा समूहको सूचक उकालो लाग्दा सातवटा समूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक चार दशमलव नौ अंकले उकालो लागेर ११ सय २८ दशमलव ६२ अंकमा चढेकोमा जलविद्युुत् समूहको सूचक दुुई दशमलव ९५ अंकले उकालो लागेर नौ सय ६१ दशमलव ३० अंकमा चढेको छ । यसैगरी होटल समूहको सूचक पनि ५५ दशमलव २९ अंकले उकालो लागेर १५ सय १३ दशमलव १६ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ६४ दशमलव ९४ अंकले उकालो लागेर दुुई हजार चार सय ४८ दशमलव ७८ अंकमा चढेको छ ।
सामूहिक लगानी कोष समूहको सूचक भने शून्य दशमलव १२ अंकले उकालो लागेको छ । यसदिन विकास बैंक समूहको सूचक एक दशमलव ६९ अंकले ओरालो लागेर १७ सय चार दशमलव ५१ अंकमा झरेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव ७५ अंकले ओरालो लागेर छ सय ५० दशमलव ९७ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि छ दशमलव ४१ अंकले ओरालो लागेर छ हजार दुुई सय ३६ दशमलव २७ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि १९ दशमलव ४३ अंकले ओरालो लागेर आठ हजार एक सय ३० दशमलव ७४ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको सूचक पनि क्रमशः १४ दशमलव ५७, २३ दशमलव ९७ र दुुई अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य १० रुपैयाँले बढेको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० रुपैयाँले बढेर चार सय ८४ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल सेवा लघुुवित्त वित्तीय संस्था, सिभिल लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिर्जना फाइनान्सको सेयर मूल्य छ रुपैयाँ ६७ पैसाले घटेर ९८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको राधी जलविद्युुत् कम्पनीको सेयर मूल्य पाँच रुपैयाँ तीन पैसाले घटेर एक सय ७० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक युुनाइटेड फाइनान्स, मल्टीपर्पोस फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय रुपैयाँ अन्तिम मूल्यमा ११ करोड १० लाख १२ हजार दुुई सय ४३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको तीन सय ८७ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ८६ लाख ८८ हजार एक सय ७६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, नबिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।