काठमाडौँ, असार ३१
सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पदमा चंखुु क्षेत्री नियुुक्त भएका छन् । कम्पनीका अनुसार यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा चंकी क्षेत्री रहेका थिए । प्र्रमुुख कार्यकारी क्षेत्रीको पदावधि यही असार १८ गते समाप्त भएको थियो । सोपश्चात् कम्पनीको प्रमुुख कार्यकारी अधिकृतको पद रिक्त रहेकोमा कम्पनीले प्रस्ताव गरेबमोजिम बीमा समितिले यही असार १७ गते प्रमुुख कार्यकारी अधिकृतको रूपमा चंखु क्षेत्रीलाई नियुुक्त गर्न स्वीकृति दिएको थियो ।
समितिको सोही अनुुमतिका आधारमा कम्पनीले असार १८ गतेदेखि नै लागू हुुनेगरी क्षेत्रलाई प्रमुुख कार्यकारीमा नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नवनियुुक्त प्रमुुख कार्यकारी क्षेत्रको कार्यकाल चार वर्षको हुुनेछ । हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड १९ लाख १३ हजार रुपैयाँ रहेको थियो ।