काठमाडौं । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट कम्पनीको लाइसेन्स खारेज गरेको छ । विप्रेषण नियमावलीविपरीत कार्य गरेको भन्दै नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी) र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ)को लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकको भनाइ छ ।
लाइसेन्स खारेज भएका यी कम्पनीहरूसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकभित्र रहेको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित निवेदन राष्ट्र बैंकले आग्रह गरेको छ । तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुनेछ ।