काठमाडौं । रोशीका चार सय ४७ विद्यार्थीहरूलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले न्यानो लुगा वितरण गरेको छ । गत श्रावण १२ गते देशका विभिन्न भागमा परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोलगायतका प्राकृतिक विपत्तिमा परी धेरै धनजनको क्षति भएको परिप्रेक्षमा काभ्रे जिल्लाको रोशी गाउँपालिकास्थित केही क्षेत्रलाई निकै प्रभावित पारेको र उक्त बाढी प्रभावित क्षेत्रका बालबालिकाहरूको शैक्षिक गतिविधिमा समेत असर परेकाले अहिलेको जाडो मौसममा उक्त क्षेत्रका बालबालिकाहरूलाई न्यानो पोशाक आवश्यक भएकाले कम्पनीले रोशी गाउँपालिकास्थित श्री शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा श्री मंगल जनविजय माध्यामिक विद्यालयका चार सय जना विद्यार्थीहरूका लागि विद्यालयको जाडो महिनाको पोशाक ट्रयाक सुट वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसी, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल, प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल, स्थानीय तहका पदाधिकारीहरू, विद्यालयका शिक्षक, विद्यार्थी साथै अभिभावकहरूको उपस्थिति रहेको थियो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीले यस कार्यले विद्यार्थीको पढाइमा सहज हुने विश्वास व्यक्त गर्नुका साथै असहज परिस्थितिमा विद्यार्थीलाई सहयोग गर्न पाउँदा, स–साना विद्यार्थीको मुहारमा खुसी देख्दा आफूलाई पनि खुसी लागेको र बीमा सबैको लागि अवश्यक छ भन्ने कुरामा जोड दिएर, विद्यार्थी भोलिको देशको कर्णधार भएको भन्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन ।