नयाँ दिल्ली, असार ३१
भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४ सय ९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७ सय ५२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५ सय ६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ । भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ ।