काठमाडौं । नेपालको सीमा भित्र रहेको लिपुलेकमा भारत र चीनले नेपाललाई कुनै जानाकारी नै नदिइ व्यापारिक केन्द्र बनाउने सहमति गर्दा पूर्ण रुपमा मौन रहेका नेपालका राजनीतिक दल,नागरिक समाजका अगुवा र वुद्धिजीबीहरु नेपाली भूमिबाट दुई देशले मानसरोवर यात्राको बाटो आफूखुसी खोल्दा पनि त्यसैगरी मौनरहेर दक्षताको नमूना प्रदर्शन गरेका छन् ।
भारतले मात्रै त्यसरी व्यापारिक केन्द्र बनाउने र मानसरोवारको बाटो खोल्ने निर्णय गरेको भए यतिवेला नेपाल भर विरोधको ज्वाल दन्किसकेकोे हुने थियो तर चीनले भारतसँग सहमति गरेर नेपाललाई सोध्दैन सोधी नेपाली भूमि मिचेर लिपुलेकमा व्यापारिक केन्द्र बनाउने र नेपाली भूमि मिचेर सानसरोवर जाने बाटा बनाएकाले चीनको विरोध गर्दा राष्ट्रवादी नभइने दरिद्र मानसिकताका कारण अहिले कसैले पनि बिरोधमा एक शब्दपनि निकाल्न नसकेका हुन् ।