काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा छ करोड ७४ लाख १० हजार तीन सय ३८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड १८ लाख ८१ हजार चार सय ३८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ अर्ब ३९ करोड १९ लाख २६ हजार चार सय ९८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ५५ करोड २६ लाख २२ हजार चार सय ९८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड आठ लाख २४ हजार पाँच सय ८५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १० दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले १४ अर्ब छ करोड ५६ लाख २७ हजार छ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७२ करोड ५१ लाख ८१ हजार एक सय १२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३५ करोड २५ लाख १८ हजार नौ सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा १२ दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।