काठमाडौं । कैलालीकी प्रमिला रोकायालाई आइएमई ग्रुपले एक करोडको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन् । गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको विजेता बन्न सफल भएका थिए ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत ‘भाग्यशाली’ सेवाग्राहीको छनोट गरिएको थियो ।