काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवम् सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।
सम्पूर्ण नेपालीहरुको बिचमा एकता गर्नु आजको आवश्यकता भएको भन्दै सभापति देउवाले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकताबद्ध रुपमा अघि बढिरहेको बताए । उनले सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको औंल्याए । कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको सभापति दृउवाले बताए ।