जनकपुर । जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कारबाही गर्ने चेतावनी दिएका छन् ।
जनकपुरधाममा मंगलबार सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरका छन् ।
मुख्यमन्त्रीले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई अनुरोध गर्दै नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए । उनले जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गरे ।