चितवन । पूर्वी चितवनमा गैंडाको आक्रमणमा परी खैरहनी नगरपालिका–१ कासिगाउँका दुईजना महिला घाइते भएका छन् । ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार मंगलबार बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । भरतपुर अस्पतालमा घाइते दुवैको उपचार भइरहेको रउनीहरुको अवस्था सामान्य रहेको छ ।