काठमाडौं । नयाँ वर्षको अवसरमा कुष्माको द क्लिफ रिसोर्टमा बस्न २० प्रतिशत छुट उपलब्ध गराइएको छ । साथै, न्यु इयर ईभमा गायक प्रकाश सपुतले साङ्गीतिक प्रस्तुति समेत दिने भएका छन् ।
न्यु इयर ईभमा सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन पाइनेछ । नयाँ वर्षमा क्लिफमा जाने अतिथि र आसपासका स्थानीयलाई समेत लक्षित गर्दै उनीहरूको मनोरञ्जनका लागि सपुतलाई निम्त्याइएको हो । कार्यक्रम साँझ ६ बजे सुरू हुने क्लिफले जनाएको छ । सो कार्यक्रममा सहभागी हुनका लागि पहिल्यै अर्ली बर्ड टिकट लिँदा तीन सय रूपैयाँ तोकिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।