काठमाडौं । विभिन्न पाँच देश दक्षिण अफ्रिका, पोर्चुगल, मलेसिया, बेल्जियम र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् ।
दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शितल निवासमा आयोजित समारोहमा शपथ ग्रहण गराएका थिए । उनीहरुलाई राष्ट्रपति पौडेलले सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राजदूत नियुक्त गरेका थिए । सो समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लगायतको उपस्थिति थियो ।