काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन पाँच अंकले उकालो लागेको नेप्से परिसुचक यस दिन चार दशमलव ६३ अंकले उकालो लागेर २५ सय ८६ दशमलव २३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने यस दिन शुन्य दशमलव ५५ अंकले ओरालो लागेर चार सय ४३ दशमलव ५६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १५ वटा कम्पनीहरुको ५० हजार चार सय ४७ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८६ हजार सात सय पाँच कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ६० करोड ३२ लाख ८२ हजार तीन सय ७९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।