काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्यसम्बन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने कन्सोलेसन शुल्कमा एक सय प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने डीसीटी ब्यान्डेजलगायतका धेरै वटा स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।