सियोल । विमान दुर्घटनाको सम्बन्धमा दक्षिण कोरियाली प्रहरीले बिहीबार जेजु एयरको कार्यालय र मुआन अन्तर्राष्ट्रिय विमानस्थलको अपरेटरमा छापा मारेको छ । प्रहरीले जेजु एयरका प्रमुख कार्यकारी किम ई–बाईलाई अनुसन्धान जारी नभएसम्म देश छोड्न प्रतिबन्ध लगाइएको बताएको छ । दुर्घटनाको कारण र जिम्मेवारी यथाशीघ्र कानुनबमोजिम पत्ता लगाउने योजन अनुसार जेजु एयरको कार्यालयमा छापा मारेएको जानकारी दिएकोे छ ।
डिसेम्बर २९ मा दक्षिण कोरियाको मुआन विमानस्थलमा जेजु एयरको विमान दुर्घटना भएको थियो । यस दुर्घटनामा एक सय ७९ जनाको मृत्यु भएको थियो । विमानमा चालक दलका दुई सदस्य मात्रै बाँच्न सके । उनीहरु दुवैलाई विमानको पछाडिको आकस्मिक निकासबाट उद्धार गरिएको थियो ।
जेजु विमान दुर्घटना भएको ४ दिन बितिसक्दा पनि विमान कसरी दुर्घटना भयो भन्ने थाहा हुन सकेको छैन । इन्जिनसँग चरा ठोक्किएर दुर्घटना हुन नसक्ने विज्ञहरू बताउँछन् । एउटै इन्जिनमा चराले ठक्कर दिँदा सबै प्रणाली पूर्णरुपमा असफल नहुने, एउटा इन्जिनमा पनि विमान उड्न सकिने उनको विश्वास छ ।