काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रूपैयाँको बीमा रकम भुक्तानी गरेको छ । बैंकका अनुसार ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको हो । खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।
बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यहरूले २६ लाख रूपैयाँसम्मको बीमा प्राप्त गर्नसक्ने सुविधा रहेको छ । बैंकले विगत पाँच वर्षदेखि ग्राहकहरूको सुविधाका लागि ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
बैैंकले हाल आफ्ना देशभर रहेका तीन सय दुईवटा शाखा सञ्जाल, तीन सय १५ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।