काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको यही पुस १४ गते बसेको बैठकले आगामी चारवर्षे कार्यकालको लागि अधिकारीलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । नवनियुक्त प्रमुख कार्यकारीको कार्यकाल यही पुस १८ गतेबाट सुरु हुने फाइनान्सले जानकारी दिएको छ ।