काठमाडौं, साउन १
माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३९ करोड ३६ लाख पाँच हजार चार सय रुपैयाँबराबरको साधारण सेयर निष्काशन हुुनेभएको छ । कम्पनीले यही साउन आठ गतेबाट एक सय रुपैयाँ अंकित शून्य कायम रहनेगरी ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
कुुल निष्काशित साधारण सेयरमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि १९ करोड ६८ लाख दुुई हजार सात सात रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ र सर्वसाधारणको लागि पनि १९ करोड ६८ लाख दुई हजार सात सय रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको रूपमा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही साउन २२ गते र ढिलोमा भदौ पाँच गते बन्द हुुनेछ ।