टोकियो । विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको एक सय १६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको एक सय १७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो । गिनिज वल्र्ड रेकर्डसले सन् २०२४को सेप्टेम्बरमा इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा मान्यता दिएको थियो ।