काठमाडौं, साउन १
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक १४ दशमलव नौ अंकले उकालो लागेर १३ सय ६२ दशमलव ३४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले उकालो लागेर दुुई सय ८८ दशमलव २४ अंकमा पुुगेको छ । यसदिन कुल एक सय ८९ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १५ हजार आठ सय ५८ वटा कारोबारमा ३२ लाख १२ हजार नौ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब १६ करोड चार लाख ९१ हजार पाँच सय २२ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये चारवटा समूहको सूचक ओरालो लागेका छन् भने आठवटा समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक २४ दशमलव ३८ अंकले उकालो लागेर ११ सय ५३ अंकमा पुुग्दा विकास बैंक समूहको सूचक छ दशमलव ९२ अंकले उकालो लागेर १७ सय ११ दशमलव ४३ अंकमा चढेको छ । ट्रेडिङ समूहको सूचक पनि १२ दशमलव ९१ अंकले उकालो लागेर आठ सय ७६ दशमलव पाँच अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि आठ दशमलव ९१ अंकले उकालो लागेर छ हजार दुुई सय ४५ दशमलव १८ अंकमा चढेको छ ।
यी बाहेकफाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव ७३, १० दशमलव ७३ र शून्य दशमलव २२ अंकले उकालो लागेका छन् । उत्पादनमूलक समूहको सूचक भने यसदिन २५ दशमलव ८३ अंकले ओरालो लागेर दुुई हजार सात सय एक दशमलव ६९ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ४३ दशमलव ४१ अंकले ओरालो लागेर आठ हजार ८७ दशमलव ३३ अंकमा झरेको छ । यीबाहेक होटल र लघुुवित्त समूहको सूचक पनि क्रमशः ४५ दशमलव ४१ र नौ दशमलव आठ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाको सेयर शून्य नौ रुपैयाँ ९२ पैसाले बढेर पाँच सय ३२ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल ब्यालेन्स फण्ड २ को प्रतियुनिट सेयर शून्य नौ रुपैयाँ ६३ पैसाले बढेर नौ रुपैयाँ ९० पैसामा किनबेच भएको छ । यीबाहेक बेस्ट फाइनान्स, नेपाल बंंगलादेश बैंक आदिको सेयर शून्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मिथिला लघुुवित्त वित्तीय संस्थाको सेयर शून्य पाँच रुपैयाँ ४५ पैसाले घटेर आठ सय १५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रोग्रेसिभ फाइनान्सको सेयर शून्य चार रुपैयाँ ७२ पैसाले घटेर एक सय एक रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेरुडे लघुुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा विकास कम्पनी आदिको सेयर शून्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा एनआईसी एसिया बैंक पहिलो स्थानमा परेको छ । बैंकको प्रतिकित्ता पाँच सय ५३ रुपैयाँ अन्तिम शून्यमा १० करोड ४० लाख २५ हजार पाँच सय ७९ रुपैयाँको सेयर किनबेच । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय चार रुपैयाँ अन्तिम शून्यमा नौ करोड ७३ लाख ६२ हजार पाँच सय २९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।
नेप्सेका अनुसार यसदिन मितेरी डेभलपममेन्ट बैंकको १८ दशमलव ५२ प्रतिशत दरमा १० लाख ८३ हजार सात सय १२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने छिमेक लघुुवित्त वित्तीय संस्थाको पनि २७ दशमलव ११ प्रतिशतको अनुपातमा ३२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।