काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको सिनामंगलमा रहेको क्रिस्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्याबको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिस्टल डायग्नोस्टिक प्रालिको तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र केसीले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने जनरल प्याथोलोजी ल्याब, मोलिक्युलर टेस्ट, आउट सोर्सिङ टेस्ट, इको, युएसजी, एक्स–रेजस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।