काठमाडौं । सामसङ नेपालले नेपालमा ठूलो क्षमताको दुई नयाँ बिस्पोक एआई वासिङ मसिन सार्वजनिक गरेको छ । कम्पनीले १२ केजीसम्मको क्षमता, एआई–वास र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबलजस्ता अत्याधुनिक सुविधाहरू रहेको वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको हो ।
स्मार्टथिंगस एपद्वारा स्मार्टफोनकोमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वासिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ । यसका साथै धुलाइको किसिमलाई बुझी एआई पर्सनलाइजेसन सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ । यसमा भएको स्पेस म्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ । यसले १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ । यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई बिधि गरी गहिराईलाई छ सय एमएममा राखेर कुनै पनि ठाउँमा सहजैरूपमा फिट हुने सुनिश्चित गर्छ ।
नयाँ वासिङ मेसिनले स्लिक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ । १२ केजी लाइन–अप दुईवटा फरक मोडलहरूमा उपलब्ध छ । यी दुवै मोडलहरूको मूल्य क्रमशः एक लाख १४ हजार नौ सय ९० रुपैयाँ र एक लाख २० हजार नौ सय ९० रुपैयाँ रहेको छ ।