काठमाडौँ, साउन २
प्रहरीको बर्दीमा दाग लाग्न नदिने घोषणा गर्दै नेपाल प्रहरीको महानिरीक्षकमा पदबहाली गरेका शैलेश थापाले एक साता नबित्दै एकपछि अर्को विवादास्पद व्यक्तिसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक भएको छ । यस्तै व्यक्तिमध्येका एक व्यक्ति लोक बहादुर (एल. बी टण्डन) भनिने व्यक्तिले आफूले प्रहरी प्रधान कार्यालयमा पुुगेर महानिरीक्षक थापालाई बधाई दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
टण्डन विघटित युनिटी इन्टरनेशनलका आरोपीमध्येका एक हुुन् । नेटवर्किङ गर्ने युनिटीसम्बन्धी मुुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । हाल उनी जन युनिटी अस्पताल खोल्न ठिक्क पारिएको तर खोल्न नपाएपछि ग्रीन सिटी अस्पतालको बोर्ड राखेर सञ्चालन गरिएको निजी अस्पतालको अध्यक्ष रहेका छन् । केही समयअघि मात्र पत्रकार देव लामाको उपचारको क्रममा ग्रिन सिटी अस्पतालमा भएको लापरबाही र आर्थिक शोषणको दुःखान्त विवरण सार्वजनिक भएको छ ।
महानिरीक्षक थापालाई बधाई दिएर फर्किएलगत्तै उनले फोटो सार्वजनिक गरेपछि महानिरीक्षक थापा विवादमा परेका हुुन् । त्यस्तै अर्का एक सञ्चार उद्यमीले आफूले पैसा लिनुुपर्ने व्यक्तिहरुलाई आईजीपी शैलेश थापाले नियुुक्तिपछि आशीर्वाद लिन आउँदा हाम्रो अध्यक्षलाई ढोगेको भनी तस्बिर देखाएर उनको नामको दुुरुपयोग गर्दै हिँडेको थाहा भएको छ ।