काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको रुपन्देहीको मणिग्राममा सम्पन्न साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र तीन प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
अधिकृत तथा जारी पुँजी आठ अर्ब रुपैयाँ रहेको बैंकको हाल चुक्ता पुँजी चार अर्ब ७३ करोड ३६ लाख रुपैयाँ रहेको छ । बोनश सेयर वित्तरण पश्चात बैंकको चुक्ता पुँजी चार अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ । सभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट विरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएको बैंकले जानकारी दिएको छ ।