काठमाडौं । “मुक्तिनाथ म्युचुअल फण्ड १” नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को रु. १०/–अंकित दरको १२,५०,००,००० इकाई (१५ प्रतिशत बिज पूँजी सहित) सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको हो ।
यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ । एक कार्यक्रमका बिच नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट सञ्चालक/प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सूचीकरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।