काठमाडौं । नेपालको क्रिकेटको इतिहास पुरानो नभए पनि पछिल्लो समय यसले उल्लेखनीय प्रगति गर्दै नयाँ आयाममा प्रवेश गरेको छ । यसरी सन् १९९६ मा मुलुकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसोसिएट सदस्यता प्राप्त गरेसँगै क्रिकेटको औपचारिक यात्रा सुरु भएको मानिन्छ । यद्यपि, त्यो समयमा क्रिकेट नेपालको लागि सीमित खेलजस्तै थियो । अहिले भने यो खेलले नेपाली युवाहरूको सपना, प्रेरणा र पहिचानको माध्यमको रूपमा प्रतिष्ठा कमाएको छ । तसर्थ, राष्ट्रमा क्रिकेटको सुरुवातको चरणमा धेरै चुनौतीहरू रहेका थिए । जसलेगर्दा खेलको संरचना व्यवस्थित थिएन, आधारभूत पूर्वाधारको अभाव थियो, र खेलाडीहरूको छनोट तथा तालिमको व्यवस्था कमजोर थियो । यस्तै, क्रिकेटप्रति सरकारी र संस्थागत चासो पनि न्यून थियो । यसका बाबजुद, स्थानीयस्तरमा खेलप्रेमीको उत्साह र समर्पणका कारण क्रिकेटको आधार विस्तारै मजबुत हुँदै गयो । फलतः देशको क्रिकेटमा पहिलो ठूलो उपलब्धि सन् २००६ मा अन्डर–१९ विश्वकपको सहभागिता थियो । त्यस प्रतियोगितामा मुलुकले देखाएको प्रदर्शनले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा आफ्नो उपस्थिति जनाउन सक्ने संकेत दिएको थियो । विशेषगरी खेलाडीहरू शरद भेषवाकर, पारस खड्का, र गौतम श्रेष्ठजस्ता प्रतिभावान खेलाडीहरूको उदयले नेपाली क्रिकेटको उचाइलाई उकालो लगायो ।
मुलुकमा पारस खड्काको नेतृत्वलाई नेपाली क्रिकेटमा नयाँ युगको सुरुवातको रूपमा लिइन्छ । उनको कप्तानीमा नेपालले धेरै ऐतिहासिक सफलताहरू हासिल ग¥यो । जसरी सन् २०१४ मा राष्ट्रले पहिलो पटक टी–२० विश्वकपमा सहभागिता जनायो । जसलेगर्दा देशको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान दिलायो । त्यस्तै सन् २०१८ मा नेपालले वनडे अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि क्रिकेटप्रतिको चासो र लोकप्रियता अझै बढ्यो । वस्तुतः पारस खड्काले मात्र खेलाडीको रूपमा नभई नेतृत्व र प्रेरणाको स्रोतको रूपमा पनि नेपाली युवाहरूलाई क्रिकेटप्रति आकर्षित गरेका छन् । उनको लगनशीलता, अनुशासन र मेहनतले नेपाली क्रिकेटमा व्यावसायिकताको अवधारणा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । त्यसरी नै देशको क्रिकेटमा नयाँ युगको सुरुवात भनेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि सुरू भएको हो । यो यात्रा अझै रोचक र चुनौतीपूर्ण बनेको छ । यसमा पनि भन्ने नै हो भने विशेषगरी मुलुकले घरेलु लिग प्रतियोगिता आयोजना गर्न थालेपछि क्रिकेटमा व्यावसायिकता थपिएको छ ।
हाम्रो देशमा अहिले विभिन्न घरेलु लिग प्रतियोगिताहरू आयोजना हुँदै आएका छन् । उदाहरणका लागि एभरेस्ट प्रिमियर लिग (ईपीएल) ले युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न मञ्च प्रदान गरेको छ । यस्ता प्रतियोगिताले मात्र खेलाडीको विकासलाई प्रोत्साहन गर्दैन । जबसम्म देशको आर्थिक क्षेत्रमा समेत योगदान पुर्याउँछ । जुन क्रिकेटका कारण पर्यटन, विज्ञापन, र व्यापार क्षेत्रमा वृद्धि भएको देखिन्छ । अहिले नेपाली क्रिकेटमा युवा खेलाडीहरूको नयाँ पुस्ता उदाउँदैछ । जसरी ललित राजवंशी, कुशल मल्ल, सोमपाल कामी र आसिफ सेखजस्ता खेलाडीहरूले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने संकेत दिएका छन् । उनीहरूको प्रदर्शनले मात्र देशलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो बनाउँदैन, नयाँ युवाहरूलाई खेलप्रति आकर्षित गर्ने प्रेरणा पनि प्रदान गर्छ । त्यसरी नै राष्ट्रको क्रिकेटले आधारभूत पूर्वाधारको क्षेत्रमा पनि ठूलो प्रगति गरेको छ । जुन त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्तरोन्नति गरिँदैछ । यस्तै, देशका विभिन्न भागमा नयाँ मैदान निर्माण र खेलाडीहरूको तालिमका लागि अत्याधुनिक सुविधाहरू उपलब्ध गराउने प्रयास भइरहेको छ । यी सुधारहरूले नेपाली क्रिकेटलाई दीर्घकालीनरूपमा बलियो बनाउने अपेक्षा गरिएको छ । त्यस्तै, देशले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाएको छ । राष्ट्रका क्रिकेट खेलाडीहरूलाई विभिन्न विदेशी लिगमा सहभागिता जनाउने अवसर प्राप्त भइरहेको छ । यसले खेलाडीहरूलाई नयाँ अनुभव र तालिम प्राप्त गर्न सहयोग पुर्याएको छ । त्यस्तै, विदेशी प्रशिक्षक र विशेषज्ञहरूको आगमनले नेपाली खेलाडीहरूको क्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपाली घरेलु खेलकुद क्षेत्रमा तीन साता आकर्षक पर्व बन्यो नेपाल प्रिमियर लिग (एनपीएल) । क्रिकेटको ‘क्रेज’ले काठमाडौंको मीन पचासको चिसोलाई समेत ततायो । यसको सँग सँगै देशमा क्रिकेटको भविष्य भएको पुष्टि गर्यो । जुन एनपीएल मुलुकको सर्वाधिक राशि पुरस्कार भएको खेल बनेको छ । यसमा पनि भन्ने नै हो भने नेपाली खेलकुदको भविष्य छैन भन्ने परम्परागत धारणालाई कम्तीमा क्रिकेटले बदलिदिएको छ । केही यता नेपाली खेलाडीले क्रिकेटमा कीर्तिमान कायम गर्दै आएकाले यसप्रति जनस्तरमा समेत आकर्षण बढेको हो । एनपीएलमा पनि विश्वका क्रिकेट प्रेमीले थुप्रै रोमाञ्चक क्षण र कीर्तिमान कायम भएको देख्न पाए । यसरी एनपीएलको रोमाञ्चकारी खेलले राष्ट्रमा यसको व्यावसायिक विकास गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यद्यपि, नेपालको क्रिकेटले धेरै सफलता हासिल गरेको छ, यसलाई अझै धेरै चुनौतीहरूको सामना गर्नुछ । यसमा पनि खासगरीकन व्यवस्थापनको अभाव, आर्थिक स्रोतहरूको कमी र खेल संरचनामा एकरूपताको कमी नेपाली क्रिकेटको प्रमुख समस्या हुन् । यी समस्याहरू समाधान गर्न सरकारी तहमा नीति निर्माण, निजी क्षेत्रको सहभागिता र क्रिकेट संघको जिम्मेवारीमा सुधार आवश्यक छ ।
नेपाली खेलकुद इतिहासको हालसम्मकै ठूलो फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको खेलकुद उद्योगमा नयाँ स्थान स्थापित गरेको छ । यसमा पनि आठ फ्रेन्चाइज टोलीको सहभागिता, अहिलेसम्मकै ठूलो पुरस्कार राशि र विदेशी खेलाडीको आगमनले खेल महोत्सवलाई राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन सफल भयो । यसरी एनपीएलमा सहभागी आठ टोली नेपालको विभिन्न प्रदेशको प्रतिनिधित्व गरी बनाइएको थियो । जसमा बागमतीलाई दुई टोलीबाहेक अरु प्रत्येक प्रदेशका एक/एक गरी बनाइएको थियो । जसलेगर्दा सम्पूर्ण देशलाई नै प्रतिनिधित्व हुने गरी कार्य गर्यो । विश्व प्रसिद्ध स्टार स्पोर्ट्स च्यानलमा प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिएको थियो । जसले नेपाली खेलकुदको दृश्यावलोकन अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सफल भयो । यसका साथसाथै तीसभन्दा बढी विदेशी खेलाडीको सहभागिताले प्रतियोगितामा थप उत्साह थप्यो । यसमा पनि विश्वभरका चर्चित क्रिकेट खेलाडीले नेपालमा आएर प्रतियोगिता खेले । यसमा पनि भारतीय क्रिकेट स्टार शिखर धवनदेखि मार्टिन गप्टिल र जिमी निशमजस्ता खेलाडीको उपस्थिति नेपाली खेलकुदको लागि ठूलो उपलब्धि थियो । जसमा भन्ने नै हो भने जनकपुर बोल्ट्सले पहिलो ट्रफी जित्यो । यसको धनराशी भने एक करोड १० लाखको रुपैयाँको पुरस्कार हात पार्न सफल भयो । त्यसैगरी सुदूरपश्चिम र कर्णालीले क्रमशः ५१ लाख र २५ लाख प्राप्त गरेका थिए भने चौथो एको चितवन राइनोजले १५ लाख प्राप्त गर्यो । जसमा एनपीएललाई सही तरिकामा निरन्तरता दिने हो भने यसले देशको क्रिकेट उद्योगलाई झण्डै एक अर्बको उद्योगमा परिणत गर्ने निश्चित रहेको अनुमान सम्बन्धित क्षेत्रले औँल्याएको छ । त्यसरी नै यो नेपाली खेलकुदको विस्तारीकरण र दिगो आर्थिक स्रोतको रूपमा देखा परेको छ । यो एनपीएलले आर्थिक दृष्टिले ठूलो अवसर सिर्जना गर्नेछ ।
निष्कर्षमा भन्नुपर्दा नेपाली क्रिकेटमा नयाँ आयाम खेलप्रतिको मायाले एकताबद्ध राष्ट्रको लगनशीलता, जोश र क्षमताको प्रमाण पनि हो । यसमा पनि सुरुवातदेखि महानताको चुचुरोमा उभिनेसम्मको मुलुकको क्रिकेट यात्रा लचिलोपन र आशाको कथा पनि हो । अतः देश लगातार उकालो लागिरहँदा क्रिकेटको पावरहाउस बन्ने सपना अब टाढा देखिँदैन । जसमा सामूहिक प्रयास र अटल संकल्पका साथ देशले क्रिकेट इतिहासको इतिहासमा गौरवशाली अध्याय लेख्न लागेको छ । यो नयाँ आयाम मात्र होइन यो युगको बिहानी पनि हो, जसले आउने पुस्तालाई प्रेरणा दिने वाचा गर्दछ । यसको साथसाथै राष्ट्रको क्रिकेटले पछिल्ला वर्षहरूमा ठूलो प्रगति गरेको छ र नयाँ आयाममा प्रवेश गरेको छ । यसमा पनि भन्ने नै हो भने युवा खेलाडीहरूको उदय, घरेलु प्रतियोगिताहरूको विकास र अन्तर्राष्ट्रिय सम्बन्धहरूले नेपाली क्रिकेटलाई उज्ज्वल भविष्यतर्फ लैजाने संकेत गरेका छन् । यद्यपि, दीर्घकालीन सफलता प्राप्त गर्न रणनीतिक योजना, व्यवस्थित व्यवस्थापन र लगानी आवश्यक छ । यदि यी पक्षमा सुधार गरियो भने, नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा थप उपलब्धि हासिल गर्न सक्छ र मुलुकलाई खेलकुदको क्षेत्रबाट विश्वमा चिनाउन सक्नेछ ।