बीरगञ्ज । वाईफाई नेपालले वीरगञ्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरी सो शाखाको उद्घाटन गरेको हो ।
यस्तै, कम्पनीले चाडपर्वको अवसरमा सञ्चालन गरेको ‘दशैँको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार !’ नामक दुई महिने अभियानको बम्पर पुरस्कार समेत हस्तान्तरण गरेको छ । यस अभियानअन्तर्गत सिमराका विशाल नेपालले सुजुकी एभिनिस स्कुटर जितेका थिए । सो उपहार उनकी आमा मिना नेपाललाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । सो उपहार कम्पनीका ब्रान्ड एम्बेसडर तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले हस्तान्तरण गरेका थिए । यो अभियानमा खल्ती डिजिटल वालेटले विशेष भुक्तानी साझेदारको रूपमा सहकार्य गरेको थियो । वाईफाई नेपालले नेपालमा इन्टरनेट पहुँच र डिजिटल सुविधा थप प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धता जनाएको छ ।