काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९औं वर्ष प्रवेश गरेको अवसरमा आफ्नो ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनिभर्सरी बोनान्जा योजनाअन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजनाअनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरूमध्येबाट दुई जना ग्राहकलाई लक्की–ड्रमार्फत मोबाइल फोन प्रदान गरिनेछ । यसैगरी एक सय रुपैयाँ वा सोभन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्रमार्फत एक सय रुपैैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना २०८१ पुस १९ गतेदेखि २०८१ माघ १९ गतेसम्मका लागि रहनेछ ।
दोस्रो योजनाअनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने एक जना ग्राहकले लक्की–ड्रमार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार एक सय २५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन । यो योजना २०८१ पौष १९ गतेदेखि माघ १९ गतेसम्मका लागि हुनेछ । तेस्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्युआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरूले यस अवधिमा कारोबार संख्या तीन र रकम दुई सय रुपैयाँसम्मको कारोबार रकम क्युआरमार्फत प्राप्त गरेमा त्यस मर्चेन्टमध्ये पाँच जना मर्चेन्टले लक्की–ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्युआर मर्चेन्टमा दुई सय रुपैयाँसम्मको रकम क्युआरमार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरूमध्ये पाँच जना मर्चेन्टले लक्की–ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना २०८१ पुस १९ गते देखि पौष २५ गतेसम्मका लागि हुनेछ ।
यसका साथै मोबाइल बैंकिङमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक एक जनालाई लक्की–ड्रमार्फत एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । साथै, क्युआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकमध्येबाट दैनिक दुई जनालाई लक्की–ड्रमार्फत पाँच सय रुपैयाँका दरले क्यासव्याक प्रदान गरिने छ । यो योजना २०८१ पुस १९ गतेदेखि पुस २५ गतेसम्मका लागि हुनेछ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।