काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।
नेरोलेकले ‘नो हर्न प्लिज’, ‘नो स्टपिङ’, ‘स्पिड लिमिट’ र ‘नो पार्किङ’जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको हो । यसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउने जनाइएको छ । यी साइनबोर्डहरूले ट्राफिक उल्लङ्घनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्नेछन् । जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ । सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ । केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरी नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ । यस ब्रान्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ ।