काठमाडौं । नुवाकोटको सदरमुकाम बट्टार बजारमा रहेको बट्टार सहकारी संस्था लिमिटेडले आफ्नो २९ औँ साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष टलकमान श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार सहकारीको सेयरपँुजी छ करोड २१ लाख एक हजार पुगेको छ । यस्तै, सभामा सहकारी व्यवस्थापक हरि प्रसाद जोशीले आव २०८१।८२ को अनुमानित कार्यक्रम बजेट, लेखा समिति संयोजक नवराज न्यौपानेले लेखापरीक्षण प्रतिवेदन र ऋण संयोजक मेनुका श्रेष्ठले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका जेष्ठ सदस्य कृष्णप्रसाद श्रेष्ठ, ईश्वरी चित्रकार, राममाया श्रेष्ठ, राधा कुमारी खनाललाई सम्मान गरिएको थियो । यस्तै, संस्थाका पूर्वसञ्चालक दिपक कायस्थ र विनोदराज श्रेष्ठ, पूर्वकर्मचारी कञ्चन कुमारी श्रेष्ठ र बहालवाला कर्मचारी धिरोज सापकोटालाई पनि सम्मान गरिएको संस्थाका सह–व्यवस्थापक विकास अर्यालले जानकारी दिए ।