काठमाडौं । अर्बन एयर मोबिलिटी टेक्नोलोजी प्लेटफर्म कम्पनी ईहांग होल्डिङ्ग्स लिमिटेडले चाङ्गान अटोमोबाइल कम्पनी लिमिटेड (चाङ्गान अटोमोबाइल)सँग रणनीतिक सहयोग सम्झौताको घोषणा गरेको छ ।
चोङकिङ नगरपालिका सरकार र उद्योगका प्रतिनिधिहरूको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । यो सहकार्य विद्युतीय भर्टिकल टेकअफ र ल्यान्डिङ विमान र नवीन हवाई कारहरू सहित फ्लाइङ कारका उत्पादनहरूको अनुसन्धान र विकास, निर्माण, बिक्री र सञ्चालनमा केन्द्रित रहने जनाइएको छ । हवाई सवारी साधन र कम उचाइका उडानहरूको व्यवस्थापनमा इहाङको विशेषज्ञता र चाङ्गान अटोमोबाइलको बलियो उत्पादन र बजार स्रोतहरूको प्रयोग गरेर दुवै पक्षले भविष्यको मोबिलिटी इकोसिस्टम प्रविधिहरूका लागि संयुक्त उद्यम स्थापना गर्ने लक्ष्य राखेका छन् । यो अन्तर–उद्योग साझेदारीले व्यापक उपभोक्ता आधारलाई लक्षित गर्दै इहाङको ईभीटीओएल उत्पादन लाइन विस्तार गर्नेछ ।
चाङ्गान अटोमोबाइलसँग अनुसन्धान र विकास, उत्पादन, सप्लाई चेन, बिक्री च्यानलहरू बजार प्रभावमा असाधारण क्षमताहरू रहेको छ । यस्तै, ईहाङले ईभीटीओएल विमान डिजाइन, उत्पादन, प्रमाणीकरण र सञ्चालनको नेतृत्व गर्दछ । यस सहकार्यले अत्याधुनिक प्रविधि, भविष्य–उन्मुख डिजाइनर बजार प्रतिस्पर्धाको साथमा उड्ने कारहरूको विकासको मार्गप्रशस्त गर्नेछ । सम्झौतामा अनुसन्धान र विकास, उत्पादन, बजार प्रवद्र्धन, प्रयोगकर्ता अनुभव, बिक्रीपछिको सेवार इहाङको ईभीटीओएल उत्पादनहरू र फ्लाइङ कारको व्यावसायीकरणलाई द्रूत बनाउन कम उचाइको अर्थतन्त्र अनुप्रयोगहरूलाई एकीकृत गर्ने बुँदाहरू समावेश छ ।