काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । बैंकले बुधबार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले बैंकको चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब ३३ अर्ब निक्षेप र दुई खर्ब ५८ अर्ब कर्जा पुर्याएको बैंकको बासलातको आकार तीन खर्ब ९५ अर्ब रूपैयाँ रहेको छ । सो आवमा बैंकले दुई अर्ब ९२ करोड रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।