लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको आगलागीका कारण हालसम्म एक हजार नौ सयवटा भवन जलेर खरानी भएका छन् । २८ हजार घररमा क्षति पुगेको छ । आगलागी यति भयानक छ कि हलिउड स्टारदेखि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससम्मका घर खाली गराइएको छ ।
मंगलबारदेखि सुरु भएको आगलागी तीन दिनमा २८ हजार एकडमा फैलिँदा पाँच जनाको मृत्यु भएको छ । झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ । योसँगै करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।
आगलागी भएको क्षेत्रमा करिब एक सय ६० किलोमिटर प्रतिघन्टाको गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रण गर्न कठिन भइरहेको छ । जंगलबार फैलिएको आगो बस्तीसमम पुगेको छ भने मानिसहरु घरबाट भागिरहेका छन् । त्यस क्षेत्रमा घरपालुवा र जंगली जनावरहरु मर्कामा परेका छन् ।