काठमाडौं, साउन २ प्राइम लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको १२औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १२ दशमलव पाँच प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले बोनस सेयरको कर प्रयोजनको लागि एक करोड २३ लाख ३४ हजार चार सय ४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी दुुई अर्ब ७९ लाख ३९ हजार रुपैयाँ रहेकोमा बोनस सेयर वितरणपश्चात् भने चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ पुुग्नेछ ।