काठमाडौं । नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सो सम्झौताबमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र नेपाल बैंकका ग्राहकहरूलाई टिकट शुल्कमा आठ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएकोे छ । सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रूपेश जोशीले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुटसहित प्राप्त हुने सेवाबाट लाभान्वित हुन सक्नेछन् ।