काठमाडौं । काठमाडौंमा आयोजित आइतबार एक कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताएका छन् । उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका प्रमुख हुने बताएका हुन् ।
उनले दलको भूमिकामार्फत् दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिर गरे । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताउँदै उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए । उनले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरुमाथि प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गरे ।