काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधैं तपाईंको साथ’ (विथ यु) एक अग्रगामी कार्यक्रमको सुरुवात गरेको छ । यस अभिनव कार्यक्रमले कम्पनी र ग्राहकबीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आफ्नो बीमा योजना र अतिरिक्त सेवाहरू बारे राम्ररी जानकारी प्रदान गर्दै उनीहरूलाई कम्पनीप्रति विश्वस्त रहन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूलाई व्यक्तिगत सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको छ । मेटलाइफका अभिकर्ताहरूले आफ्ना ग्राहकहरूसँग नियमितरूपमा सम्पर्कमा रहनेछन् । परम्परागत बीमाको दायरालाई पार गरेर प्रत्यक्ष भेटघाट गर्नेछन् । यी भेटघाटहरू केबल शिष्टाचार भेट मात्र नभई ग्राहकहरूलाई बीमा योजनाहरूको जानकारी र विभिन्न अन्य सेवाहरूको विस्तृत मार्गनिर्देशनहरू प्रदान गर्दै सेवाहरूलाई प्रभावकारीरूपमा प्रयोग गर्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिनेछ । साथै, ग्राहकहरूले मेटलाइफ नेपालको नयाँ पहलहरू र ग्राहकहरूको लागि हुने गतिविधिबारे जानकारी प्राप्त गर्नेछन् ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस कार्यक्रमसँगै मेटलाइफ नेपालले ग्राहक संलग्नतामा नयाँ मापदण्ड स्थापना गर्दैछ । उत्कृष्ट ग्राहक–केन्द्रित सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँदैछ । यस ’सधैँ तपाईंको साथ’ कार्यक्रम हाम्रो ग्राहकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने महत्वपूर्ण कदम हो, जसले ग्राहकहरूलाई हामीसँगको यात्रालाई निर्धक्क भएर अगाडि लैजान आत्मविश्वास दिने लक्ष्य राखेको छ ।
मेटलाइफ नेपालका बारेमाः
मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा)जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा
मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरी ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।