काठमाडौं । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै पाँच वटा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ सोरूम सञ्चालनमा ल्याएको हो ।
यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वासिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् । अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्रान्डहरू एलजी, टिसिएल, गोदरेज, बेको, मेडिया, केन्ट, ईलिका, सेन्साई, ब्याल्क डेकोरलगायतका उत्पादनहरू उपलब्ध छन् ।
आफ्ना सामानहरूको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित सोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । दक्ष र अनुभवी सेल्स पर्सनहरूबाट यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नेछन् । तर यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ । नयाँ शाखाहरूमा फ्रि कुकिङ कक्षा र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, यसमा सहभागी भई नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिने छ । यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ । यसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।