ढाका । बंगलादेशका कट्टरपन्थीहरूले गत साता छवटा हिन्दु मन्दिरलाई निशाना बनाएका छन् । जसमध्ये गत जनवरी ८ मा चटगाउँको हथजारीमा चारवटा मन्दिरमा आक्रमण भएको थियो । जनवरी ९ मा कक्स बजार र १० जनवरीमा लाल मोनिरहटमा एक–एक मन्दिर लुटिएको थियो । त्यहाँ दुई हिन्दुको हत्या भयो ।
चितवनको हतजरी क्षेत्रमा रहेको माँ विश्वेश्वरी काली मन्दिरबाट सुनका गरगहना र दानपेटी लुटिएको छ । सत्यनारायण सेवा आश्रम, माँ मगधेश्वरी मन्दिर र जगबन्धु आश्रममा पनि लुटपाट भएको छ । यसबाहेक कक्सबजारस्थित श्रीमन्दिरको सीसीटीभी क्यामेरा पनि चोरहरूले तोडेका छन् । लालमोनिरहट जिल्लाको भवतारिणी काली मन्दिरबाट प्राचीन मूर्ति र बहुमूल्य पूजा सामग्री लुटिएको छ ।
कट्टरपन्थीहरूले कलेजका पूर्वशिक्षक दिलीपकुमार रोय (७१) को घरभित्र पसेर हत्या गरेका थिए । जलखाठी जिल्लाका २६ वर्षीय व्यापारी सुदेव हल्दारको घाँटी रेटेर हत्या भएको छ । पछिल्ला दिनमा भएका यी घटनाका दोषी भने पक्राउ परेका छैनन् ।